पर्वत/ महाशिला गाउँपालिकाले गुरुङ भाषाको खिमा लिपीमा नीति तथा कार्यक्रम ल्याएको छ। गण्डकी प्रदेश सरकारले नेपाली बाहेक गुरुङ र मगर भाषालाई सरकारी भाषाका रूपमा प्रयोग गर्ने गरी विधेयक अघि बढाएका वेला महाशिलाले नीति तथा कार्यक्रम नै गुरुङ भाषामा प्रकाशन गरेको हो।
नीति तथा कार्यक्रम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको प्रमुख प्रशासकिय अधिकृत...
पर्वत/मोदी गाउँपालिकाले आफ्नो स्थानीय तहका सुत्केरीहरूलाई पौष्टिक आहार पूर्तिका लागि आर्थिक राहत दिएको छ। गाउँपालिकाले सञ्चालन गरिरहेको ‘सुत्केरीसँग अध्यक्ष’ कार्यक्रममार्फत हालै गाउँपालिकाका ३५ जना आमाहरूलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग गरिएको हो।
गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाका आठ वटै वडाका सुत्केरीहरूलाई झन्डै ९० हजार रुपैयाँ सहयोग...
पर्वत /जिल्लाका सात वटै स्थानीय तहका सबमै विद्यालयहरूमा ‘स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क पुस्तक’ कार्यान्वयनमा आएको छ। जिल्ला प्रहरी कार्यालय पर्वको सहकार्यमा स्थानीय तहहरूले निर्माण गरेको पुस्तिका स्थानीय तहहरूमार्फत माध्यमिक तहसम्म सञ्चालित सबै विद्यालयहरूमा कार्यान्वयन भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टले बताए। पुस्तक लागु गर्नका लागि...
पर्वत/कालीगण्डकी नदी सुक्ने गरी जलविद्युत् आयोजना निर्माणको चलखेल सुरु भएपछि स्थानीय आक्रोशित बनेका छन्। विद्युत विकास बोर्डले सार्वजनिक सूचना जारी गरी ५०.५ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि इच्छुक व्यक्ति वा कम्पनीलाई प्रतिस्पर्धाका लागि आह्वान गरेपछि पवित्र कालीगण्डकी नदी नै सुकाएर जलविद्युत् आयोजना बनाउन नहुने भन्दै स्थानीयले असन्तुष्टि...
पर्वत / पर्वतको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठको ५-६ गते आयोजना हुने भएको छ।जिल्ला खेलकुद विकास समितिले जिल्लाका सात वटै स्थानीय तहबीच प्रतिस्पर्धा गराउने गरी जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरेको हो।
समितिका अध्यक्ष जङ्गबहादुर पुन मगरका अनुसार जेठ ५ गते बिहानैदेखि सदरमुकाम कुश्मास्थित बडागाउँ खेल मैदानमा प्रतियोगिता सुरु हुनेछ।...
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम...
पर्वत/ पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न दिएको निर्देशन पालना भए नभएको परिक्षण गर्न थालेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८२ शुरु भएपछि पालिकाभित्र कार्यरत सार्वजनिक ओहोदाका व्यक्तिहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण पेस गर्न ताकेता गरेको हो ।
सार्वजनिक पद...
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि (शनिवार) भारतबाट सन्तहरूको आगमन हुदैछ । कोटिहोममा भोलि सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महारज आउने प्रचार प्रसार संयोजक लेखराज...
पर्वत/जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको छ । स्थापना भएको आठ वर्षपछि गाउँपालिकाको केन्द्र लामाखेतमा भवन बनाएर प्रशासनिक र विषयगत शाखाको एकीकृत सेवा प्रवाह थालेको हो । ‘कर्मचारी आवास तथा स्टोर’का लागि निर्माण गरिएको भवनबाट एकीकृत रूपमा सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।
‘गत महिनासम्म...
पर्वत/जलजला गाउँपालिका ३, माझफाँट देखि ५, नम्बर वडा लेकफाँट जोड्ने ग्रामिण सडक कालोपत्रे गरिएको छ । पर्वत बेनीदेखि जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक खण्ड अन्तर्गत माझफाँटको स्वास्थ्य चौकी देखि लेकफाँटको गिद्देश्वरसम्म साढे सात किलोमिटर दूरीको सडक कालोपत्रे गरिएको हो ।
सडक कालोपत्रे भएपछि हिउँदमा धुलाम्मे...









