Tuesday, October 6, 2026

समाज

पर्वत/प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको स्थानीय संरचनालाई संघीय राज्य संरचनाअनुरूप रुपान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ। पार्टीको स्थानीय संरचनालाई संघीय राज्य संरचनाअनुसार रूपान्तरण गर्न ‘नेपाली कांग्रेस स्थानीय तह सङ्गठन पुनःसरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ लाई अन्तिम रूप दिई कांग्रेसले आज सार्वजनिक गरेको छ। कांग्रेसको गत साउन १७ गते बसेको केन्द्रीय...
पर्वत/आफ्नो स्थापना कालदेखि नै भाडाको घरमा बस्दै नेपाली काँग्रेस पर्वतले अब आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको विहिबार बसेको बैठकले नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेपछि भवन बन्ने निश्चित भएको हो । नेपाली काँग्रेस...
काठमाडौं/वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’...
पर्वत/नेपाल ब्युटिसियन संघको १६ औ स्थापना दिवस आज पर्वतमा पनि मनाईएको छ । कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले केक काटेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रम उद्घाटन पछि बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले कुनैपनि संस्थामा नेतृत्वकर्ताको सक्रियता र ईच्छाशक्तिमा संस्था र...
पर्वत/पहिरोमा पुरिएर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका– २ बुढीस्वाँराका ६५ वर्षिय रेमबहादुर चालिसे रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । आज विहान पहिरोले घर पुर्दा भित्र सुतिरहेका चालिसेको मृत्यु भएको हो । चालिसेको शव आज विहान १० वजे पुरिएको घरभित्रबाट निकालिएको छ...
पर्वत/मुख्यमन्त्री ज्यू , कि कानुन परिवर्तन गरी मलाई फाँसी दिइयोस्,कि मलाई न्याय दिनुस्, दिक्तेल रुपाकोट नगरपालिका।१ खोटाङका ७६ बर्से टंकप्रसाद आचार्यले मंगलबार भक्कानिँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको हात समाते। खोटाङमा जातीय छुवाछुत हटाउन गत जेठ १८ गते आयोजित गरिएको सहभोजमा दलित बालबालिकाको हातबाटदही खाएका आचार्य सामाजिक बहिष्कारमा परेपछि...
पर्वत/कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । बुधबार राति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसे बेपत्ता हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीसहित स्थानीयबासीन्दाले बेपत्ता चालिसेको खोजी कार्य गरिरहेका छन् । पर्वतका प्रतिनिधिसभा सदस्य पदम...
पर्वत/म्याग्दी र मुस्ताङ्गलाई राजमार्ग संग जोडने मालढुंगा –बेनी सडक बिहीबार देखि दैनिक ८ घण्टा बन्द गरिने भएको छ । दैनिक आठ–आठ घण्टाको बन्दले यात्रुलाई सास्ती हुने भएको छ । पर्वतको कुस्मा नगरपालिका १ पाङ अदुवाबारी देखि बालुङ्ग नगरपालिकाको बाङ्गेचौर जोड्ने झोलुंगे पुल निर्माणका क्रममा दैनिक साढे ८...
पर्वत/ जलजला गाउँपालिका-३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ। केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा म्याग्दीको धवलागिरी गाउँपालिका-३ का २२ वर्षीय कुमार सुनारको मृत्यु भएको वारीबेनी प्रहरी चौकीले जनाएको छ। चौकीका प्रहरी सहायक निरीक्षक ध्रुवबहादुर बोहोराले घर निर्माणका क्रममा फलामको पोल ठडाउने क्रममा हाइटेन्सन लाइनमा...
काठमाडौं/हिमालय कार्गो तथा बनबोरी माता ट्रेडर्सका मुख्य मुख्य कारोबारी वनोदकुमार गुप्तासहित १५ जनाविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दा दर्ता भएको छ । राजश्व अनुसन्धान विभागले उनीहरु विरुद्ध ४७ करोड ८९ लाख विगो माग दावी गर्दै जिल्ला अदालत काठमाडाैंमा मुद्दा दायर गरेको हो । यसमा ४ जना सरकारी कर्मचारी...