पर्वत/सञ्चालनमा आएको करिब ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतलाई स्तरोन्नति गर्दै ५० शय्या सञ्चालनको अनुमति प्रदान गर्न लागिएको छ। वि.सं. २०४६ सालबाट सञ्चालनमा आएको अस्पतालले हालसम्म १५ शय्या सञ्चालनको अनुमतिमा रहेर सेवा प्रवाह गर्दै आइरहेको थियो। सरकारबाट १५ शय्याको अनुमति पाएको भए पनि अस्पताल व्यवस्थापन समितिको निर्णयबाट अस्पतालले भने अहिले...
पोखरा/ गण्डकी कोटिहोममा आज वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालको सहभागितामा विशेष कार्यक्रम आयोजना हुँदैछ। यो अवसरले गण्डकी कोटिहोमको सामाजिक र धार्मिक पहलहरूलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रमुख दहालको उपस्थितिले कार्यक्रमको महत्त्व र सम्मानलाई अझ उजागर गर्नेछ। साथै, गण्डकी कोटिहोममा ४१ दिनसम्म निरन्तर चल्ने...
पोखरा/गण्डकी कोटिहोममा जारी ४१ दिने महायज्ञको अवसरमा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले धर्मको सार र यसको सामाजिक महत्त्वबारे प्रकाश पारेका छन्। उनले भने, "धर्मले कसैलाई विवाद गराउँदैन, कसैलाई राम्रो वा नराम्रो भन्दैन। कोटिहोममा सहभागी हुने सबै दानी हुन् र उनीहरूको योगदानको उच्च सम्मान हुन्छ।"
बरालले गण्डकी कोटिहोमको धार्मिक र...
पर्वत/कुश्मा नगरपालिका–१ पाङ र वडा २ खुर्कोटको सिमामा रहेको पार्वती गुफामा जगज्जननी माता पार्वतीको मूर्तिमा प्राण प्रतिष्ठा गरिने भएको छ । पार्वतीको जन्म भएको र विवाह भएको दिन अक्षयतृतीयाको अवसर पारेर पार्वती गुफामा निर्माण गरिएको मूर्तिमा विधिवत् प्राण प्रतिष्ठा गर्न लागिएको संयोजक प्रेमप्रसाद शर्मा रेग्मीले जानकारी दिनुभयो । उहाँका...
पर्वत / समस्यामा परेका व्यक्तिहरूलाई कपडा उपलब्ध गराउन प्रदेश अस्पताल पर्वतमा निःशुल्क कपडा उपलब्ध गराउने ‘कपडा घर’ सञ्चालनमा आउने भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार अस्पतालले राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो) नेपालसँगको सहकार्यमा यो काम सुरु गरेको हो। जिल्लामा सक्रिय रहेका दर्जन बढी सामाजिक...
पोखरा/ पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार प्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन मानवसेवा फाउण्डेशनले यहि बैशाख ११ गते विहान ७ बजे साइकल र्याली गर्ने भएको छ ।
बिरौटा कोटीहोम स्थलबाट शुरु भएको साईकल र्याली...
पर्वत/पैयूँ गाउँपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाले १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष एवं पूर्ण खोप समन्वय समिति संयोजक तोरणमल्ल ठकुरीले जानकारी दिनुभयो...
पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिने भएको छ । गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक सांस्कृतीक झाँकी प्रदर्शनी कार्यक्रम गर्न लागिएको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ ।
झाँकी...
पर्वत/ कुश्मा नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने वा रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गर्दै ६ वटा सीपमूलक तालिमहरू निःशुल्क रूपमा सञ्चालन गर्ने भएको छ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिने भएको हो ।
नगरपालिकाले पहिलो पटक सूचना प्रकाशित गर्दै...
पर्वत/पुरानो भवन जिर्ण हुँदा नियमित चेकजाँच र उपचारमा समस्या भएपछि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा चार कोठे स्वास्थ्य चौकीको भवन निर्माणको कार्य प्रारम्भ भएको छ । ३८ लाख ८६ हजार लागतमा निर्माण हुन लागेको भवनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले शिलान्यास गर्नुभएको हो । शिलान्यास...









