ओमप्रसाद घायल
जैमिनीमा पति हत्याको आरोपमा पत्निसहित तीनजना प्रहरी नियन्त्रणमा
पर्वत/दुईवटी पत्नीपछि ल्याएकी तेस्रो नम्बरी पत्नीले आफ्नै हत्या गर्छिन् भन्ने सायद उनले सोचेका थिएनन् होला । तर उनको हत्या कान्छि पत्नीबाटै भयो । सोमबार ती महिलाले आफ्नै पति हत्या गरेको आरोप लागेपछि पक्राउ परेकी...
कुश्मा नगरपालिकाद्वारा आज शोक विदा घोषणा
पर्वत/ कुश्मा नगरपालिका वडा नं. १४ का वडा सदस्य तथा नगरसभा सदस्य केशव प्रसाद पौडेलको सवारी दुर्घटनामा परी असामयिक निधन भएपछि कुश्मा नगरपालिकाले आज बुधवार शोक बिदा घोषणा गरेको छ।
नगरपालिकाद्वारा जारी शोक–विदा सम्बन्धी सूचनाअनुसार...
सार्वजनिक जग्गामा बनेका संरचना हटाउन मोदी गाउँपालिकाको निर्देशन
पर्वत /जिल्लाको मोदी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण बनाइएका भौतिक संरचना ३५ दिनभित्र खाली गराउन निर्देशन जारी गरेको छ। गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्मा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीद्वारा जारी भएको सूचनामा गाउँपालिकाभित्र कोही कसैले...
आर्थरमा भएको जीप दुर्घटनामा एकको मृत्यु दुई घाइते
पर्वत/कुश्मा नगरपालिका–१४ आर्थरस्थित अँधेरीनेटामा सोमबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार गएराति करिब ८ः४० बजे वडा कार्यालय आर्थरबाट चरीपानीतर्फ जाँदै...
रास्वपाको कुश्मा नगर सभापतिमा रमेश कुमार श्रेष्ठ सर्वसम्मत
पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टीको कुश्मा नगर अधिवेशनबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
आइतबार कुश्मामा भएको पहिलो नगर अधिवेशनबाट रमेशकुमार श्रेष्ठको सभापतित्वमा समिति निर्माण भएको हो । जसको उपसभापतिमा पार्वती लामिछाने, सचिवमा केशव शर्मा...
पत्रकार महासंघको १४ औं साधारणसभामा विभिन्न पत्रकारलाई पुरस्कार तथा सम्मान
पर्वत/नेपाल पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा पर्वतको महाशीलामा सम्पन्न भएको छ । साधारणसभामा पर्वतमा क्रियाशिल विभिन्न पत्रकारलाई पुरस्कृत गर्नुको साथै महासंघको स्थापनाकालदेखि हालसम्म नेतृत्व गरिसकेका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको छ ।
महासंघको सिर्जनशील पत्रकारिता...
पानी भर्ने क्रममा चिप्लिएर कालीगण्डकी नदीमा खस्दा पर्वतमा एकजना बालक बेपत्ता
पर्वत/पानी भर्ने क्रममा चिप्लिएर कालीगण्डकी नदीमा खस्दा पर्वतमा एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका–१ दोवलिया घर भई हाल म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा बस्दै आएका ६...
न्यून चापीय क्षेत्रको प्रभावले मौसममा बदली: सतर्कता अपनाउन मौषमविद्को आग्रह
पर्वत/ हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका...
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा
पर्वत / बकर इद पर्वसँगै आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद(इद) उल (अज्हा) अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी...
घरवारबिहीन १८ सुकुम्बासी परिवारलाई जैमिनी नगरपालिकाले गरिदियो आवासको व्यवस्था
बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिकाले १८ सुकुम्बासी परिवारलाई आवासको व्यवस्था गरेको छ । जग्गा र घरविहिन भई भाडाको घरबाट जीविकोपार्जन गर्दै आइरहेका १८ परिवारलाई जैमिनीले आवासको व्यवस्था गरेको हो ।
आवास पाउनेमा अधिकांश दलित समुदायका छन्...








