Tuesday, September 10, 2024

समाज

पर्वत/राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भुकम्प पछिको पुनःनिर्माण कार्यलार्ई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति पर्वतको दोस्रो वैठकलाई आईतवार साँझ सम्वोधन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लामा पुर्ण क्षतिमा रहेका पाँच हजार २ सय ६९ जनाको आवास निर्माणलाई पहिलो प्राथमिकतमा राख्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो...
पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थ मन्त्री महेश आचार्यले वर्तमान कम्युनिष्ट सरकारले सवैधानिक अंगमाथि नाङ्गो हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ । आचार्यले आइतवार पर्वतको कुश्मामा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संविधान पाईलैपिच्छे कुल्चेर सरकार अगाडी बढेको उल्लेख गर्नुभएको हो...
पर्वत/ठुला र गौरबका आयोजनाका ठेकेदारले सम्बन्धित निर्माणमा प्रयोग गर्नेगरी मात्रै क्रसर उद्योग सञ्चालन गर्न सक्छन् । सम्बन्धित निर्माणको आवश्यक मात्रै सामान उत्पादन गर्न निर्माण अवधिसम्म क्रसर उद्योग सञ्चालन गर्न दिने राष्ट्रिय नीति हो । तर, यहाँ निर्माण भएको मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्वत खण्डको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिले कुश्मा...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकष्ण)ले शिक्षालाई सर्वसुलभ र स्वरोजगारमुखी बनाउनुपर्ने वताउनु भएको छ । नेबिसंघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाइले सञ्चालन गरेको एक महिने निशुल्क कक्षाको शुक्रबार समापन तथा प्रमाणपत्र बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक रुपमा पछाडी परेकाका निम्ति अहिलेको शिक्षा महंगो हुँदै...
पर्वत/स्थानियबासीसंग भएको पूर्व सहमति बिपरित निर्माण कार्य अघि बढाएको भन्दै कालिगण्डकी प्रसारण करीडोर आयोजना पिडीत पर्वतको पाड र खुर्कोटका स्थानियबासी आन्दोलित भएका छन । २२० केभीए क्षमताको आयोजनाले खुर्कोटकै अर्मादी देखि हिमालय उच्च मावि सम्म मटरवाटो कालोपत्रे गर्ने, अर्मादी साईडमा आउने पानीको ढलको उचित व्यवस्थापन गर्ने, प्रभावित क्षेत्रका उपभोक्ताहरुलाई...
पर्वत/पोखरा बागलुङ राजमार्ग निर्माणपछि तोकिएको मापदण्ड विपरित बनेका घर टहरालाई मध्यपहाडी लोकमार्गमार्फत हटाइने भएको छ । मध्यपहाडी लोकमार्गलाई बिस्तार गर्ने क्रममा बागलुङ बजारमा पर्ने घर टहरा हटाउने काम शुरु भएको हो । बागलुङ नगरपालिका वडा नं. १ र २ का घर टहरा भत्काएर सडक चौडा पार्न दुवै वडा कार्यालयले...
पर्वत/देशको प्रायः स्थानमा शुक्रबार बिहान हल्का वर्षा भएको छ । यो क्रम अझै २ दिन चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार, सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायुका कारण उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबार बिहान वर्षा भएको छ । देशका...
पर्वत/ मुक्तिनाथ बिकास बैंक लिमिटेडको नयाँ शाखा पर्वतको कुस्मामा सञ्चालनमा आएको छ । मुक्तिनाथ बिकास बैंकको ११४ औ शाखा पर्वतको कुस्मामा बिहीबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । बैंकको कुस्मा शाखाको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले उद्घाटन गर्नुभयो । उहाँले बैंकले शहरबजारमा मात्रै नभई ग्रामिण क्षेत्रमा समेत सहज...
चैत्र, १७–पर्वत/कुश्मा नगरपालिकाको वडा न ३ दुर्लुङ हुँदै घोडेपानीसम्मको यात्रा तय गर्नका लागि पदमार्गको निर्माण कार्य शुरु भएको छ । आम्बोट–दुर्लुङ–महभीर–घोडेपानी पदमार्ग निर्माणको एक कार्यक्रमका वी सांसद पदम गिरीले शिल्यान्यास गरेका छन । संघिय सरकारबाट पर्यटकीय पदमार्ग निर्माणको लागि प्राप्त भएको ५० लाख रकमबाट चालु आर्थिक बर्षमा सम्पन्न गर्ने...
चैत्र,८–पर्वत/नयाँ बर्षको अवसर पारेर पर्वतको कुस्मा बजारमा पहिलो पटक सडक खाना महोत्सब आयोजना गरिने भएको छ । पर्वत जेसिजले चैत्र ३० देखि बैषाख २ गते सम्म तीन दिने सडक खाना महोत्सब आयोजना गर्न लागेको हो । आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने तथा लामा र अग्ला पुलले घेरिएको कुस्मालाई नयाँ बर्ष मनाउने...