Saturday, April 19, 2025

समाज

पर्वत/पुरानो भवन जिर्ण हुँदा नियमित चेकजाँच र उपचारमा समस्या भएपछि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा चार कोठे स्वास्थ्य चौकीको भवन निर्माणको कार्य प्रारम्भ भएको छ । ३८ लाख ८६ हजार लागतमा निर्माण हुन लागेको भवनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले शिलान्यास गर्नुभएको हो । शिलान्यास...
पोखरा/पोखराको बिरौटामा संचालन हुने कोटीहोम महायज्ञमा प्रशिद्ध कथा बाचकहरु आउने क्रम जारी छ । विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेको कथाबाचन जारी रहेकोमा शुक्रबारदेखि प्रख्यात कथावाचिका देबी प्रतिभाले भागवत कथाबाचन गर्ने कार्यक्रम छ। देबी प्रतिभाले पोखराको कोटीहोम महायज्ञमा करिब १५ दिन सम्म संगीतमय रुपमा भागवतकथा बाचन गर्ने महायज्ञका संकल्पकर्ता बालयोगेश्वर...
पर्वत /शिक्षकहरूको जारी आन्दोलनमा पर्वतका शिक्षकहरूलाई आन्दोलन स्थलमा नै हाजिरी गर्ने गरी काठमाडौँ आउन आह्वान भएको छ । आन्दोलन परिचालन समिति पर्वत अन्तर्गत नेपाल शिक्षक सङ्घ पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोला, राष्ट्रिय शिक्षक सङ्गठन पर्वतका अध्यक्ष दुर्गा प्रसाद पौडेल र अखिल नेपाल शिक्षक सङ्गठन पर्वतका अध्यक्ष भागीरथ अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा...
पर्वत/१३ किलोमिटर लामो मालढुङ्गा-बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ। मालढुङ्गा-बेनी सडक स्तरोन्नति आयोजनाका इञ्जिनियर विष्णु चापागाईँले मालढुङ्गातर्फदेखि जलजला गाउँपालिका-८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर २०० मिटर कालोपत्र भएको, केराबारी-मिलनचोक–लामाखेत खण्डमा थप पाँच किलोमिटर कालोपत्र गर्ने तयारी भएको जानकारी दिए।  करिब दुई किलोमिटर ढलान पनि गरिएको...
पर्वत/ जलजला गाउँपालिकाले स्थानीय कला संस्कृति र जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी गरेको छ । इको ट्रेकको सम्भाव्यता अध्ययन र नक्साङ्कन गरी सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू निर्माणका लागि पर्यटन मन्त्रालयमा योजना प्रस्ताव गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । पर्वत बेनीबाट सुरु हुने जलजला...
पर्वत/नागरिकमा क्षयरोगसम्बन्धी अवस्थाको पहिचान गर्न आयोजना भएका दुईवटा शिविरहरूमा झन्डै एक हजार व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा  कुश्मा बहुमुखी क्याम्पसमा राखिएको शिविरमा पाँच सय १२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।  प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराको प्राविधिक सहयोग र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वयमा अत्याधुनिक एक्स–रे...
पर्वत/ कुश्मा नगरपालिकाले कक्षा ८ को अन्त्यमा सञ्चालन गरेको आधारभूत तह उत्तीर्ण परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सोमबार सार्वजनिक भएको परीक्षाको नतिजा अनुसार ७०.८१ विद्यार्थी उत्तीर्ण हुँदा १५.२० प्रतिशत विद्यार्थी ग्रेड वृद्धि गर्न पुनः परीक्षा दिनुपर्ने सूचीमा परेका छन्। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद...
पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत साल २०८१ मा एक करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ।कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका अनुसार १२ महिनाको अवधिमा एक करोड ११ लाख २५ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ।  सबैभन्दा बढी कात्तिक महिनामा एक हजार छ सय ५७ सवारीहरूलाई...
पर्वत/ नयाँ वर्षको पहिलो दिन सक्रान्ती नुहाउन आएकी महिलालाई कालिगण्डकी नदिले वगाएको छ । कुश्मा नगरपालिका वडा नं. ५ मोदिवेणी स्थित नदी स्नान गरि टिकटक वनाउन लाग्दा चिप्लिएर वगाएको प्रत्यक्षदर्शीले वताएका छन् । टिकटक वनाउन नदिको भिरालो वहाभ भएको स्थानमा जादा उक्त घटना भएको थियो । पर्वतको महाशिला गाउंपालिका वडा...
पोखरा/ १० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दैछिन् । बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी हुन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् ।...