Tuesday, September 26, 2023

अन्तर्राष्ट्रिय

पर्वत/पर्वतका नयाँ प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा कोही कसैसँग सम्झौता नगर्ने प्रतिवद्धता गर्नुभएको छ । प्रनाउ भुसालले सोमवार पर्वतका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गर्दै यस्तो प्रतिबद्धता गर्नुभएको हो । जिल्लामा पहिलो पटक आएसँगै आफ्नो कार्ययोजनाका बारेमा पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको हो ।...
पर्वत/नेपाली काँग्रेसको संगठन सुदृढिकरण अभियान अन्तर्गत जलजला गाउँपालिका-१, बासखर्कको वडाभेला शनिवार सम्पन्न भएको छ । वडा भेलामा सहभागी स्थानीय नेता कार्यकर्ताले पार्टीका आन्तरिक अवस्थाको साथै वडाभित्रका कृषि, खानेपानी, सिचाई, स्वास्थ्य र शिक्षाका क्षेत्रमा व्यहोर्नु परेका विभिन्न समस्याहरूको वारेमा जानकारी गराएका थिए । उनीहरूले झण्डै ८० प्रतिशत काँग्रेस...
बाग्लुङ/नेपाली काँग्रेस पार्टीप्रति जनताले विश्वास गर्नुपर्ने र नेताहरु प्रति भरोसा गर्न नेपाली काँग्रेस वाग्लुङका सभापति एवं गण्डकी प्रदेशका सांसद जित बहादुर शेरचनले आग्रह गर्नुभयो । सोेमबार बाग्लुङको वुर्तिवाङमा आयोजित ‘विशेष आन्तिरक अभियान’मा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । हालै सम्पन्न नेपाली काँग्रेस, केन्द्रिय कार्यसमितिको बैठकले पार्टी सुदृढिकरणका लागि साउन...
बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ । बुधबार एक प्रेस बिज्ञप्ती मार्फत प्रहरीले पौडेलको टाउकोमा प्रहार गरि मरणसन्न बनाएर कपडाले घाँटी थिचेर हत्या...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाले भू उपयोग नियमावली, २०७९ अनुसार गाउँपालिकाको अधिकार क्षेत्रभित्र रहेको जग्गालाई वर्गीकरण गरेको छ। गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार भू–उपयोग ऐन, २०७६ को दफा ४ तथा नियमावली बमोजिम स्थानीय आवश्यकता भू–उपयोग नियमावली, २०७१ को नियम ४ बमोजिम प्राप्त भू–उपयोग क्षेत्र नक्सा र भू–उपयोग नियमावली २०७१ को...
पर्वत/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले पछिल्लो छ महिनामा पर्वतमा भएका मानव अधिकार उल्लङ्घनका घट्नाहरुको विवरण सार्वजनिक गरेको छ । जिल्लामा मानवअधिकारको अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापाले गत पुस १५ गतेदेखि यही असार १५ गतेसम्मको छ महिनाको अवधिमा विभिन्न पाँच...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो...
पर्वत/छिमेकी भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बढेपछि रोजगारीका लागि गएका फर्कने क्रम जारी छ । केही दिन यता भारतलगायत बिदेशबाट फर्केकालाई जलजला गाउँपालिकाले निगरानीमा राखेको छ । गाउँपालिकाले नौ वटै वडाका वडा अध्यक्षलाई त्यस्ता ब्यक्तिको सुचना संकलन गर्न र निगरानी बढाउन आग्रह गरेको छ...
पर्बत/दुबैतिर विशाल चट्टानी पहाडको बीचमा बेस्सरी सुसाइरहेको कालीगण्डकी । माथिबाट सरर हेर्दा नदी कहाँ नेर छ भन्ने देख्नै गाह्रो । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल र २२८ मिटर उचाईमा रहेको त्यो नदीमाथि झोलुंगे पुल । हेर्दै कहाली लाग्दो उचाइ अनि नदी । त्यति माथिबाट हाम्फाल्दाको अनुभव कस्तो...
९ भदौ, काठमाडौं । भारतको एक अदालतले डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भड्किएको हिंसामा २३ जनाको मृत्यु भएको छ । केन्द्रीय गृह मन्त्रालयका अनुसार हरियाणामा २३ जनको मृत्यु भएको हो । थुप्रै मानिस घाइते भएका छन् । पञ्जाब र हरियाणाका थुप्रै स्थानमा राम रहीमका...