फिलिपिनोको बैदेशिक रोजगारी – नेपालका लागि अनुकरणीय

119

आर्जन र विप्रषण

तथ्यांकमा फिलिपिन्स र नेपाल दुबै मुलुकबाट लगभग उत्तिकै संख्या (२२-२५ लाख) बैदेशिक रोजगारमा रहेको अवस्था देखिन्छ तर स्वदेशमा पठाउने रेमिटान्समा भने झण्डै ३ गुणाको फरक पाइन्छ । गत वर्ष सन २०१६ मा फिलिपिन्सले २५ अर्ब डलर ९२५ खर्ब भन्दा बढी० बिप्रेषण पायो भने नेपालले ९ खर्ब मात्र भित्राएको देखिन्छ । प्रवासी कामदारहरूको संख्या उही रहे पनि बिप्रेषणनमा यति ठूलो फरक देखिनुमा यी कारणहरू छनः

क) फिलिपिनोहरूका प्रमुख गन्तब्य मुलुकहरूमा सिंगापुर, हंगकंग, ताइवान, इटली पर्छन भने नेपालीहरूका प्रमुख गन्तब्य मुलुकहरू मलेसिया पछि सबै अरबमै छन् । नेपालको १ नम्बरको गन्तब्य मलेसिया फिलिपिन्सका लागि १० नम्बरमा पर्दछ । अरबमा भन्दा सिंगापुर, हंगकंग, ताइवान र इटलीमा तलब बढी पाइन्छ ।

ख) फिलिपिनोहरू सबै नै दक्ष हुने तर नेपालीहरू अधिकांश अदक्ष हुने हुँदा पाउने तलबमा नै ठूलै अन्तर परिअाएको छ ।

ग) फिलिपिनोहरूको रिक्रुटमेन्ट खर्च रोजगारदाताहरूले नै ब्यहोरिदिने हुँदा कामदारहरूमाथिको भार नगन्य हुन्छ तर नेपालीहरूको त्यही खर्च अत्यधिक हुने गरेको छ र म्यानपावर एजेन्सीहरूले कामदारहरूबाटै असुल्ने गरेका छन । सरकारले भनेको फ्री भिषा फ्री टिकट अर्थात शून्य या न्यून लागत आम नेपाली कामदारहरूले उपभोग र अनुभूत गर्न पाएका छैनन् । रिक्रुटमेन्ट खर्च-भिषा, टिकट कमिशन आदि तिर्न नेपाली एजेन्सीहरूले नेपालबाट बिदेश रकम पठाउनुपर्ने तर बाह्य बिप्रेषणलार्इ नेपालको कानूनले रोकेको हुँदा कामदारहरूको अार्जन सबै बैंकिङ च्यानलबाटै स्वदेश नभित्रिएर उल्लेख्य अंश एजेन्सीहरूकै प्रयोजनका निमित्त हुण्डीमा रूमलिन्छ र बिदेशमै रहन्छ ।

सीप परीक्षण

कुनै पनि फिलिपिनो कामदारहरू बिना सीप लेबरको काममा बिदेशिदैनन् । उनीहरूले पहिला स्वदेशमै काम सिक्छन, तालिम या अनुभव हासिल गर्छन, सीप परीक्षण गर्छन, गराउँछन र निश्चित दक्षता तथा योग्यता हासिल गरेपछि मात्रै बिदेशिन्छन । भाषा (अंग्रेजी)मा उनीहरू प्रायः राम्रै हुन्छन् ।

सीप बिकास, परीक्षण तथा प्रमाणिकरणका लागि फिलिपिन्स सरकारले TESDA (Technical Education & Skill Development Authority) लार्इ तोकेको छ । यो सरकारी निकाय स्वयमले र यसको सम्बन्धन (स्वीकृति) प्राप्त निजी प्रतिस्ठानहरूले पनि बिभिन्न तहका सीप सिकाउने, परीक्षण गर्ने र अन्तमा पास हुनेलार्इ बिभिन्न ४ तहका (NC I, NC II, NC III, NC IV) National Certificates प्रदान गर्दछन । रोजगारदाताहरूले आफूलार्इ कुन तहको दक्षता (अर्ध दक्ष, दक्ष, उच्च दक्ष, विशेषज्ञ) चाहिएको होरु रोज्दछन र कामदार र रोजगारदाताका बिचको अापसी सहमतिमा तलब सुविधा पनि निर्धारण गर्दछन ।

प्रोफेशनल लाइसेन्स

फिलिपिन्स सरकारले चिकित्सा क्षेत्र, इञ्जिनियरिङ, कृषी, बन, शिक्षण र उद्योग क्षेत्रका बिभिन्न पेशाकर्मीहरूका लागि पीआरसी (Professional Regulation Commission) मा अनिवार्य दर्ता हुनै पर्ने र अा-अाफ्नो पेशाको इजाजत पत्र (लाइसेन्स) लिएर मात्रै पेशा गर्न पाउने नियम लागू गरेको छ । यूनीभर्सीटीको डीग्री लिए पछि पनि पीआरसीले लाइसेन्स दिनु अघि अलग्गै जांच लिन्छ र पीआरसीको बोर्डको परीक्षा पास हुनेलार्इ मात्र निश्चित अवधीका लागि प्रोफेशनल प्राक्टिसका लागि इजाजत पत्र (आइडी कार्डसहित) प्रदान गर्दछ र यी लाइसेन्स होल्डरहरू मात्र केही बर्षको कार्यानुभव समेत लिएर बिदेशमा काम गर्न जान्छन ।

न्यूनतम तलब

POEA (Philippine Overseas Employment Administration) फिलिपिन्स सरकारले बैदेशिक रोजगारका लागि तोकेको सरकारी नियामक निकाय हो । यसले फिलिपिनो कामदारहरूका लागि बिभिन्न पेशा र तहमा न्यूनतम तलब तोकेको छ । सबैभन्दा कम तलब कृषी र कारखानाहरूमा काम गर्ने अर्धदक्ष कामदारहरूका लागि छ जुन साउदी अरबका लागि सा।रि। १,५०० फ्री खाना या खानाका लागि ३०० रियाल तोकिएको छ भने इञ्जिनियरका लागि न्यूनतम ४,५००ं३०० निर्धारित छ । यो भन्दा कम तलब दिने या पाउने गरी कुनै पनि फिलिपिनो कामदारहरूले POEA बाट श्रम स्वीकृति (Overseas Employment Certificate) पाउन सक्दैनन । झुठ्ठा कागजात बनाए या लेखिएको तलबमा तलमाथि परे एजेन्सीहरूलार्इ कडा कार्बाहि हुने र फरक परेको तलब एजेन्सीले कामदारहरूलार्इ क्षतिपूर्ति स्वरूप दिनैपर्ने हुँदा म्यानपावर एजेन्सीहरू नै त्यता ९किर्ते र यथार्थ भन्दा फरक कागजात तर्फ जाँदै जान्नन, त्यस्तो अबैध र जोखिमपूर्ण बाटो र प्रकृया अबलम्बन गर्दैनन् ।